Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर जारी गर्ने बाराही हाइड्रोपावरको घोषणा

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, १३ : ४४ मा प्रकाशित

हकप्रद सेयर जारी गर्ने बाराही हाइड्रोपावरको घोषणा

बाराही हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको बिहीबार (वैशाख २१ गते) बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । 

बैठकले हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने जनाएको छ । आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि कम्पनीले साधारण सभा वा विशेष साधारणसभा बोलाउन पर्नेछ। 

यस कम्पनीले आफ्नो ५१ प्रतिशत सेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ९३।४५ मेगावाट० र आफ्नै  स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत ९क्यास्केड० आयोजना (०.७५ मेगावाट)को निर्माणको लागि हकप्रद सेयर निष्काशन गर्न लगाएको जनाएको छ।

अहिले  यस कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको