Like us!
Follow us!
Connect us!
Watch us!

BNT, MMFDB, SDLBSL, GLBSL सहित यी कम्पनीको लाभांस सुरक्षित गर्ने अन्तिम अवसर

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, ०८ : १८ मा प्रकाशित

BNT, MMFDB, SDLBSL, GLBSL सहित यी कम्पनीको लाभांस सुरक्षित गर्ने अन्तिम अवसर

आज पुष १९ गते धेरै कम्पनीको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी कम्पनीले  साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेका छन् । त्यसैले, पुस १९(आज ) गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी मात्र लाभांशका लागि योग्य हुने छन्।

आज लाभांस सुरक्षित गर्न सकिने कम्पनी हुन् :

बोटलर्स नेपाल (बालाजु) 

बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्षको नाफाबाट २०% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा डाकेको छ । कम्पनीको साधारण सभा होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम BNL रहेको छ। 

बोटलर्स नेपाल (तराई)

बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको नाफाबाट ६०% नगद लाभांश वितरण गर्दैछ । यसले पुस २७ गते साधारण सभा बोलाएको छ । सभा होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम BNT रहेको छ। 

मिर्मिरे लघुवित्त वित्तीय संस्था

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट २३% बोनस सेयर वितरण गर्दैछ । यस संस्थाले लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा योयो ब्याक्वेट सूर्यविनायक भक्तपुरमा बिहान ११ बजे देखि सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम MMFDB रहेको छ। 

साधना लघुवित्त वित्तीय संस्था

साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस संस्थाले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सामना होटल गोरखा बिसौनी गोरखामा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम SDLBSL रहेको छ। 

गुराँस लघुवित्त वित्तीय संस्था

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ४% बोनस सेयर र कर प्रयोजनका लागि ०.२१% नगद लाभांश वितरण गर्दैछ । यस लघुवित्तले उक्त प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा भेडेटार भिलेज रिसार्ट, धनकुटामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम GLBSL रहेको छ। 

हिमालयन डिस्टिलरी

हिमालयन डिस्टिलरीले गत वर्षको नाफाबाट ६०% बोनस सेयर र कर प्रयोजनसहित १०% नगद गरी कुल ७०% लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा बिहान १० बजेबाट सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम HDL  रहेको छ। 

शिवम् सिमेन्ट्स लिमिटेड

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १०.५३% नगद लाभांश (कर सहित) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सामना होटल, हेटौडा, मकवानपुरमा बिहान १० बजेबाट सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम SHIVM रहेको छ। 

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.५०% बोनस सेयर र कर तिर्न ०.७१% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस बैंकले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दी, कास्कीमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम MNBBL रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको