Like us!
Follow us!
Connect us!
Watch us!

कृषिमा आत्मनिर्भरको उदेश्यले कागेश्वरीमा सुरु भयो हरहर महादेव कृषि केन्द्र

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, ११ : २८ मा प्रकाशित

कृषिमा आत्मनिर्भरको उदेश्यले कागेश्वरीमा सुरु भयो हरहर महादेव कृषि केन्द्र

कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरेका छन् ।

हरहर महादेव साकोस (सहकारी संस्था) को भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गरेका हुन् ।

चालिस रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको उद्घाटन गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले हर सहयोग गर्ने बताए ।

यो परियोजनाले नगरपालिकालाई कृषिमा समृद्ध बनाउन सहयोग पुर्याउने भन्दै उनले यसले नगरभित्र रोजगारीको सिर्जना पनि गर्ने तर्क गरे ।

कार्यक्रममा बोल्दै नगरपालिकाको उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकिय अधिकृत अजय बर्तौलाले परियोजना सफलताका लागि शुभकामना दिँदै नगरपालिकाले आवश्यक समन्वय गर्न कन्जुस्याई नगर्ने बताए ।

सो अवसरमा वडा अध्यक्ष रामजी पुडासैनी ,वडा सदस्य तथा नगरपालिकाका कर्मचारीको पनि उपस्थिती रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको