Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा स्मार्ट मनीकाे इन्ट्री र एक्जिट कसरी हुन्छ ? (भिडियाे)

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, ११ : ५० मा प्रकाशित

स्मार्ट मनी के हो ?    

मार्केटको मुभ गराउन सक्ने पैसालाई नै स्मार्ट मनी भनिन्छ । जेनेरल्ली स्मार्ट मनीले घाटा खाँदैन भनिन्छ । मार्केट मेकर्स एवमं संस्थागत लगानीकर्ताहरुको पैसा

स्मार्ट मनीको पोलिसीमा पहुँच हुन्छ। पोलिसीमा हुन लागेका परिवर्तनहरुका बारेमा स्मार्ट मनीलाई थाहा हुन्छ। कम्पनीहरुका आन्तरिक कुराहरुसम्म पनि उनीहरुको पहुँच हुन्छ।

स्मार्ट मनीले के गर्छ ?

स्मार्ट मनीले इन्ट्री र एक्जिट इभेन्ट खोज्ने गर्दछ। जब बजारमा चरम निराशा छाउँछ, त्यो समयलाई समयलाई किन्ने अवसरको रुपमा प्रयोग गर्ने गर्दछ।
सेयर बेच्नका लागि एक्जिट इभेन्ट तय गरिएको हुन्छ। एक्जिट इभेन्ट जति ठूलो हुन्छ, त्यति नै ठूलो कित्ता स्मार्ट मनीले किन्छ भन्ने अवधारणा छ।  

स्मार्ट मनी भर्सेस टेक्निकल एनालाईसिस

स्मार्ट मनीले ट्रेन्ड बनाउने गर्दछ। टेक्निकल एनालाइसिसले स्मार्ट मनीको मुभमेन्टलाई ट्रयाक गर्ने प्रयास गर्छ। स्मार्ट मनीले बजारमा सेन्टिमेन्ट क्रियट गराईदिन्छ । टेक्निकल एनालिस्टले चार्टमा सो सेन्टिमेन्टलाई नियाल्ने काम गर्छ।  स्मार्ट मनी प्राय: रेसिस्टेन्स ब्रेकआउटमा बेच्नेतर्फ लाग्छ, चार्टले सो बेला किन्न सजेस्ट गरिरहेको हुन्छ।  त्यस्तै सपोर्ट ब्रेक भएपछी स्मार्ट मनी किन्नतर्फ लाग्छ भने टेक्निकल एनालिस्टहरु बेच्नतर्फ लागिरहेका हुन्छन्। 

सम्पूर्ण जानकारीकाे लागि तलकाे भिडियाे हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको