Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १२ : ४८ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ । 

संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता आईपीओ निष्कासन गर्न सेबाेनबाट पाैष १७ गते, आइतबार अनुमति पाएकाे हाे । 

संस्थाले आईपीओ गर्न निष्कासन सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । 

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रजिष्ट्रार कार्यालय घोराही, दाङमा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको