Like us!
Follow us!
Connect us!
Watch us!

माया खोला हाईड्रोको आईपीओ बाँडफाँड

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १५ : ५४ मा प्रकाशित

माया खोला हाईड्रोको आईपीओ बाँडफाँड

प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको २ लाख ४० हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि मंसिर २३ गतेदेखि पाैष ८ गतेसम्म बिक्री गरिएकाे थियाे ।

साे अवधिमा ८ हजार ८ सय ७ जना आवेदकहरुबाट ७ लाख ७४ हजार २ सय ३० कित्ता आईपीओको लागि आवेदन प्राप्त भएकोमा सि—आश्वा सदस्य बैक तथा वित्तिय संस्थाकाे विभिन्न कारणबाट ५ सय ४८ जना आवेदकहरुबाट प्राप्त ४७ हजार ३ सय ६० कित्ता आईपीओको लागि आवेदन रद्द गरेपश्चात बाँकी रहेको ८ हजार २ सय ५९ जना आवेदकहरुको ७ लाख २६ हजार ८ सय ७० कित्ता आईपीओको लागि आवेदन प्राप्त भएकोमा निष्कासन तथा बिक्री प्रबन्धकबाट आवेदन रुजु गर्दा १ जना आवेदकले दुई वटा हितग्राही खाताबाट ३० कित्ता सेयरको लागि आवेदन गरेकोले सोलाई रद्द गरी बाँकी हुन आएको ८ हजार २ सय ५७ जना आवेदकहरुबाट प्राप्त ७ लाख २६ हजार ८ सय ४० कित्ता आईपीओ आज पाैष २२ गते शुक्रबारका दिन १० कित्तादेखि ३० कित्ता आवेदकहरुलाई माग बमोजिम  तथा ४० कित्तादेखि ६ हजार ३ सयसम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ताको दरले गरी जम्मा ८ हजार २ सय ५७ जना आवेदकहरुलाई २ लाख १५ हजार ६ सय ७० कित्ता आईपीओ बाँडफाँड गरीएको र बाँकी रहेको सेयरको लागि ४० कित्ता देखि ६ हजार ३ सय कित्ता सेयर आवेदन दिने ५ हजार ४ सय ८३ जना आवेदकहरुबाट २४ हजार ३ सय ३० कित्ता गरी जम्मा २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको