Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको साधारणसभा आज, लाभांश सहितका यी प्रस्ताव पारित हुने

अर्थ संसार

सोमबार, २५ पुस २०७९, ०६ : २० मा प्रकाशित

एनएमबी बैंकको साधारणसभा आज, लाभांश सहितका यी प्रस्ताव पारित हुने

एनएमबी बैंक लिमिटेडको बार्षिक साधारणसभा आज पौष २५ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमांडौमा बिहान ९ बजेबाट सुरु हुनेछ  ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको