Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको साधारणसभा आज, नयाँ सञ्चालक समितीको निर्वाचन हुने

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, ०६ : ४६ मा प्रकाशित

लुम्बिनी विकास बैंकको साधारणसभा आज, नयाँ सञ्चालक समितीको निर्वाचन हुने

लुम्बिनी विकास बैंक लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा आज पौष २६ गते मंगलबार बिहान ११ बजेदेखि काठमाडौँको कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा सुरु हुनेछ ।  

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर ९ नगद लाभांश (कर प्रयोजन समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ ।त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको