Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युतले माघ ५ गतेदेखि आईपीओ निष्कासन गर्ने, क-कसले भर्न पाउँछन् ?

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १० : ३८ मा प्रकाशित

सगरमाथा जलविद्युतले माघ ५ गतेदेखि आईपीओ निष्कासन गर्ने, क-कसले भर्न पाउँछन् ?

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र  वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । यस्तै,  वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने ४ लाख ३६ हजार ८ सय कित्ता निष्कासन गर्नेछ । 

क-कसले भर्न पाउँछन् ?

आयोजना प्रभावितका लागि निष्कासन गरिने आईपीओमा ईलाम जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

कति दिने आवेदन ?

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

उक्त आईपीओमा स्थानियले छिटोमा माघ १९ गतेसम्म र ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ १९ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले प्रभु बैंक र सेञ्चुरी बैंकको ईलाम शाखा, प्राइम बैंकको मंगलबारे र बिब्लाटे शाखा, आयोजना रहेको स्थान ईलाम नगरपालिका वडा–२ सुम्बेक, गंगतेबेसी साथै प्रभु क्यापिटलबाट अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको