Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १६ : २४ मा प्रकाशित

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे ६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय रूपैयाँ २८ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ५ सय ३० रूपैयाँ ३० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

लाभांश सहितका ऐजेन्डा पारित गर्न इन्स्योरेन्सले माघ ९ गते, होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे २५ औँ वार्षिक साधारण सभा डाकेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

63bd41397db27.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको