Like us!
Follow us!
Connect us!
Watch us!

सुपर हेवाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १७ : २७ मा प्रकाशित

सुपर हेवाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

सुपर हेवा पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ कराेड ५४ लाख ३६ हजार रूपैयाँ बराबरको ११ लाख ५४ हजार ३ सय ६० कित्ता आईपीओ निष्कासन गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धककाे रूपमा नियुक्त गर्ने सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

सुपर हेवा पावर कम्पनीको संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको