Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकर्स संघको बैठक आज बस्दै, ब्याजदरका बारे निर्णय हुने

अर्थ संसार

मंगलबार, २६ पुस २०७९, १७ : ३३ मा प्रकाशित

नेपाल बैंकर्स संघको बैठक आज बस्दै, ब्याजदरका बारे निर्णय हुने

नेपाल बैंकर्स संघको बैठक आज बस्ने भएको छ। बैठकले सुनिल केसीलाई अध्यक्ष नियुक्त गर्नेछ। केसी एनएमबी बैंकका प्रमूख कार्यकारी अधिकृत हुन्। निवर्तमान अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएसंगै केसी अध्यक्ष नियुक्त हुन लागेका हुन्।  

त्यस्तै भोलिको बैठकमा ब्याजदरका बारेमा पनि निर्णय हुने केसीले बताए। अर्थसंसारसँग कुरा गर्दै केसीले निक्षेपतर्फको ब्याजदर बढ्ने अवस्था नरहेको तर घट्ने वा स्थिर रहने भन्ने विषयमा बहुमतका आधारमा निर्णय गरिने बताए। 

प्रभु बैंकका प्रमूख कार्यकारी अधिकृत अशोक शेरचनले अब महँगो ब्याजमा डिपोजिट उठाउन नसकिने कुरामा अधिकांश बैंकरहरु सहमत रहेको भएतापनि आधिकारिक निर्णय बैंकर्स संघले नै गर्ने बताए। 

नयाँ सरकारको गठनसंगै मन्त्रिपरिषदको पहिलो बैठकबाट उच्च ब्याजदरको समस्या समाधान गर्ने निर्णय भएकाले बैंकहरुले ब्याजदर घटाउन सक्ने सम्भावना उच्च छ। उद्योगी व्यवसायीहरुले कर्जाको ब्याज घटाउनुपर्ने माग उठाउँदै आएका छन्। कर्जाको ब्याजदर घटाउन बैंक वित्तिय संस्थाहरुको बेस रेट घट्नुपर्ने हुन्छ। अहिले निक्षेपको ब्याज घटाए बेस रेट घट्ने र कर्जाको ब्याजदर घटाउन सहज हुने बुझाई बैंकरहरुको रहेको देखिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको