प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीपरिषद् विस्तारको तयारीमा लागेका छन् । मंगलबारको प्रतिनिधीसभा बैठकबाट बिस्वासको मत प्राप्त गरेसंगै प्रधानमन्त्रीले मन्त्रीपरिषद् विस्तारको तयारी थालेका हुन् ।
उनले मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्ता साझेदार दलहरुको बैठक डाकेका छन् । बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।
त्यही विषयमा उनले बुधबार बेलुका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस