Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बैशाखबाट संचालनमा आउने

अर्थ संसार

बुधबार, २७ पुस २०७९, २० : ०० मा प्रकाशित

अपि पावरको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना  बैशाखबाट संचालनमा आउने

अपि पावर कम्पनी लिमिटेडले आफ्नो छैठौं आयोजनाको रुपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ । 

दार्चुला जिल्लामा कम्पनीले यस अघि ८.५ मे.वा क्षमताको नौगड गाढ जलविद्युत आयोजना र ८ मे.वा क्षमताको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिरहेको छ  ।

 कम्पनीले मिश्रित उर्जा नितिलाई आत्म साथ गर्दे ४ मे.वा क्षमताको चन्द निगापूर सौर्य आयोजना, १ मे.वा क्षमताको ढल्केवर सौर्य आयोजना र १ मे.वा क्षमताको सिमरा सौर्य आयोजनाको निमार्ण सम्पन्न गरि यि सौर्य आयोजनाहरु समेत राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिरहेको छ । 

दुई वटा जलविद्युत आयोजनाहरु र तिन वटा सौर्य आयोजनाहरु संचालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापन कालबाट नै शेयरधनिहरुलाई लाभांश वितरण गरिरहेको नेपालको यो एक ठूलो उर्जा कम्पनी रहेको छ । 

कम्पनीले आफ्नो छैठौं आयोजना स्वरुप ४० मे.वा क्षमतको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पूगेको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । दार्चुला जिल्लामा बहने चमेलिया नदिमा उक्त आयोजना निर्माण भईरहेको छ ।

 आयोजनाबाट उत्पादित विद्युत शक्ति ने.वि.प्रा को चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा १३२ के.भिका टावरहरुबाट जडान गरिनेछ । 
आयोजनाको निर्माण कम्पनीले २४ महिना भित्रै सम्पन्न गर्न लागेको हो । कम्पनीको यो छैठौं आयोजनाको निर्माण पश्चातकम्पनीले शेयरधनिहरुलाई अझ आकर्षक लाभांशदिन सक्ने समेत जनाएको छ । 

यो आयोजनावि.स २०८० साल बैशाख भित्र संचालनमा आउने समेत कम्पनीले जनाएको छ । हाल आयोजनाको विद्युत गृह, सर्ज टंयाक, सवस्टेशनको निर्माण कार्य सतप्रतिशत सम्पन्न भईसकेको छ भने एलान्मेण्ट तर्फ ८०० मिटर पाइप जडानको अन्तिम कार्य तथा बाँधस्थलको अन्तिम सिभिल कार्य भईरहेको छ ।
 आयोजनामा जेपर्ट, अष्ट्रलिया आयात गरिएका मेसिनहरु साईटमा जडानको कार्य समेत सुरु गरिएको छ । आयोजनामा हिमालयन बैंक लिमिटेडको अगुवाईमा रहेका कन्सोर्टियम बैंकहरुको लगानी रहेको छ । 

63c019c061d77.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको