Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको साधारणसभा आज, लगानीकर्ताको हात खालि

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, ०७ : ०१ मा प्रकाशित

एनआईसी एशिया बैंकको साधारणसभा आज, लगानीकर्ताको हात खालि

एनआईसी एशिया बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज पौष २९ गते, शुक्रबार, होटल आनन्द तिलगंगा, काठमाडौँमा बिहान ९ बजेबाट सुरु हुनेछ  ।

बैंकले गत आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने भएकोले लगानीकर्ताहरुको हात खालि हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पौष १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको