Like us!
Follow us!
Connect us!
Watch us!

सत्ता गठबन्धनमा तिक्तता, सभामुख चुन्न संकट

पत्रपत्रिका

आइतबार, ०१ माघ २०७९, ०८ : १२ मा प्रकाशित

सत्ता गठबन्धनमा तिक्तता, सभामुख चुन्न संकट

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको चार दिनमै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । सत्ता गठबन्धनमा देखिएको तिक्तताका कारण सुदूरपश्चिममा सभामुख चयन गर्न संकट परेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक्लै कुनै पनि दलको बहुमत छैन । केन्द्रमा बनेको समीकरणबमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २९ सदस्यसहितको बहुमत पुएर पुस २७ गते नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए । 

उनले बिहीबार पद तथा गोपनीयताको शपथग्रहणसमेत गरिसकेका छन् । मुख्यमन्त्रीले शपथ लिएलगत्तै सत्ता गठबन्धन दलबीच बढेको तिक्तताले सभामुख चयनमा समस्या देखिएको हो । बिहीबार भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्ष दुवैको बहुमत पुग्न सकेन ।

त्यस्तै शुक्रबार राजनीतिक दलबीच सभामुख निर्वाचनको कानुनी प्रक्रियाबारे सहमति नजुट्दा प्रदेशसभा बैठक नै बस्न सकेन । सभामुख निर्वाचनका लागि प्रदेशसभाको तेस्रो बैठक शनिबार साँझ ६ बजे बसेको थियो । तर सत्ता गठबन्धनको एक घटक नागरिक उन्मुक्ति पार्टी सहमति पालना नभएको भन्दै तटस्थ बस्दा कुनै पनि उम्मेदवारको बहुमत नपुगी सभामुख चयन हुन सकेन । नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको