Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय सहमति भएको अनुभूत गरेको छु, मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ: प्रधानमन्त्री प्रचण्ड

अर्थ संसार

आइतबार, ०१ माघ २०७९, ०९ : ०० मा प्रकाशित

राष्ट्रिय सहमति भएको अनुभूत गरेको छु, मेरा लागि गौरव, जिम्मेवारी र चुनौती छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाली जनताका आशाअपेक्षा पूरा गर्न आफ्नो पूरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्। 

कम्युनिस्ट आन्दोलनका पुराना नेता, नेकपा (माओवादी केन्द्र) का ज्येष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको शनिबार विमोचन प्रधानमन्त्री दाहालले गोरखाका ठूला विकासका परियोजना निर्माणमा आफ्नो ध्यान गएको बताए। 

‘अहिले ४६ वर्षपछि गोरखाको जनप्रतिनिधिका रूपमा निर्वाचित भएर देशको कार्यकारी प्रमुखको भूमिकामा छु। बूढीगण्डकी जलविद्युत् आयोजना, बेनीघाट–आरुघाट–लार्के सडक निर्माण, जिल्लाको कृषि, पर्यटन र जडीबुटीको विकासमा मेरो ध्यान गएको छ,’ उनले भने। 
    
गोरखाको जनप्रतिनिधि नहुँदा पनि जिल्लाको समृद्धिमा आफ्नो ध्यान केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘गोरखा, आरुघाट मेरो स्मृतिमा ताजै हुन्थ्यो, विगतमा पनि मैले सकेको सहयोग गरिरहेकै हुन्थेँ। अहिले त म त्यहीँको जनप्रतिनिधि छु। मेरो जिम्मेवारी अझ बढेको छ।’

करिब ४० वर्षअघि प्रधानमन्त्री दाहालले गोरखाको आरुघाटस्थित भीमोदय माध्यामिक विद्यालयमा अध्यापन गराएका थिए।

प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा असाधारण अवस्था देखिएको उल्लेख गर्दै उनले झन्डै सिंगो सदन नै विश्वासको मतका पक्षमा सहमत भएको बताए।

‘असाधारण उचाइका साथ मलाई समर्थन प्राप्त भएको छ। प्रधानमन्त्रीमा राष्ट्रिय सहमति भएको मैले अनुभूत गरेको छु। मेरा लागि यो थप गौरव, जिम्मेवारी र चुनौतीको विषय हो।’ प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले समर्थन गर्नुभएको थियो । 
    
उनले थपे, ‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो। यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो। करिब राष्ट्रिय सहमति नै भयो। सिंगो देशलाई एकताबद्ध भएर जाने वातावरण बनेको छ, देश एकताबद्ध भएर जान्छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको