Like us!
Follow us!
Connect us!
Watch us!

विहिबारदेखि नेपालका केहि क्षेत्रमा वर्षाको संभावना

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, ०७ : ५४ मा प्रकाशित

विहिबारदेखि नेपालका केहि क्षेत्रमा वर्षाको संभावना

विहिबार पछि नेपालका केहि क्षेत्रमा वर्षाको संभावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार हिमपातसँगै सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका केही ठाउँमा हिमपात हुने सम्भावना छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।

राति पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । यो क्रम आगामी बिहीबारसम्मै कायम रहने महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको