Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शनको आईपीओमा पहिलो दिनमै पर्यो मागभन्दा धेरै आवेदन, कतिले भरे ?

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १७ : ४४ मा प्रकाशित

कालिञ्चोक दर्शनको आईपीओमा पहिलो दिनमै पर्यो मागभन्दा धेरै आवेदन, कतिले भरे ?

कालिञ्चोक दर्शन लिमिटेडले आज माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे छ । 

कम्पनीकाे आईपीओमा पहिलो दिन साँझ ४ बजेसम्ममा २ लाख ८२ हजार २ सय ६८ जना लगानीकर्ताहरूले  ३३ करोड ७० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ७० हजार ८ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३.७६ गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ ६ गते गतेसम्म ढीलोमा माघ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको