Like us!
Follow us!
Connect us!
Watch us!

पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १८ : २८ मा प्रकाशित

पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो। 

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

शाह माथि एक नाबालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासीमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत नवलपरासीले शाहलाई बलात्कार मुद्दामा सफाइ दिएता पनि बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको