Like us!
Follow us!
Connect us!
Watch us!

पल शाहको पक्षमा फैसला, रिहा हुदैँ

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, २१ : ५१ मा प्रकाशित

पल शाहको पक्षमा फैसला, रिहा हुदैँ

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । शाह बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका थिए।  

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ आज दिएको हो ।

 बलात्कारको अभियोग दर्ता भए पनि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय सुनाएको थियो । '

उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

एक नाबालिग गायिकालाई बलात्कार गरेको भन्ने आरोपमा अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।

नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

जिल्ला अदालत तनहुँले शाहलाई सफाइ दिएको थियो ।

63fb84c31a38c.jpg 63fb84c59288a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको