Like us!
Follow us!
Connect us!
Watch us!

पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक

अर्थ संसार

विहीबार, १७ साउन २०८१, २१ : ०० मा प्रकाशित

पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक

पल शाहले पहिलोपटक दोहोरो भूमिकामा काम गरेको फिल्म ‘रावायण’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा पल शाहलाई दाह्री जुँगामा चित्रित गरिएको छ । 

तीजको सार्वजनिक विदा पारेर आगामी भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यसमा पलको जोडी अभिनेत्री पूजासँग बाँधिएको छ । पूजा यो फिल्मकी निर्मात्री समेत हुन् । प्रियंका कार्की, निकिता चण्डक (पूर्व मिस नेपाल), प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको पनि फिल्ममा अभिनय छ ।

सुशन पाठक कार्यकारी निर्माता रहेको ‘रावायण’मा सौरभ लामाको छायांकन, सुदर्शन थापाको कथा, प्रदीप श्रीवास्तवको पटकथा, शिवम अधिकारीको लेखन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । आरआर फिल्म्सले देशभर वितरण गर्न लागेको फिल्मको टिजर यही शुक्रबार रिलिज हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको