Like us!
Follow us!
Connect us!
Watch us!

ठिक एक बर्षपछि आज थुनामुक्त हुँदै पल शाह

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ०७ : १२ मा प्रकाशित

ठिक एक बर्षपछि आज थुनामुक्त हुँदै पल शाह

बलात्कार आरोपमा पुर्पक्षका लागि तनहुँ कारागरामा थुनामा रहेका नायक पूर्णविक्रम शाह (पल) ठिक एक बर्षपछि आज सोमबार थुनामुक्त हुने भएका छन् ।

शाहको मुद्दामा आइतबार उच्च अदालत पोखराले सफाइ दिएको हो। कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ भएर उच्च अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएपछि उनि रिहा हुने भएका हुन् । 

नवलपुर जिल्ला अदालतले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि नायक शाहले उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । सो रिट निवेदनमाथि कामु मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पुडासैनीका बेञ्चमा बहस पैरवी भएर आईतबार सफाइ दिइएको हो।

आईतबार ढिला अदालतबाट फैसला भएकाले आज कार्यलय खुलेपछि अदालतको पत्र कारागरामा पुगेपछि उनि थुनामुक्त हुनेछन् ।

शाह गत बर्ष फागुन १५ गते नै उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उनका बुवाले समेत दुवै अदालतमा बलत्कार नभएको भन्दै बयान फेरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको