Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, १३ : २९ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनी विराज ठक्करले आफ्नो नाममा रहेको ४३ हजार १ सय २३ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान उपमहानगरपालिका-१२ सुनसरीमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको