Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

बुधबार, २७ पुस २०७९, ०७ : ०३ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १७औँ वार्षिक साधारण सभा आज पौष २७ गते, बुधबार सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेबाट सुरु हुनेछ  ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.३५ प्रतिशत बोनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको