Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, ११ : ०९ मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनी दुर्गा बस्नेतले आफ्नो नाममा रहेको २३ हजार १ कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो । 

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान उपमहानगरपालिका-१२ सुनसरीमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको