Like us!
Follow us!
Connect us!
Watch us!

शुभम पावरकाे आईपीओ बाँडफाँड

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, १४ : ३६ मा प्रकाशित

शुभम पावरकाे आईपीओ बाँडफाँड

शुभम पावर कम्पनी लिमिटेडले पाैष ६ गते, बुधबारदेखि पाैष २० गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएकाे छ ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको थियाे । सो अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ५ हजार ८ सय ५ जना लगानीकर्तालाई कित्ता साधारण सेयर आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

सेयर बाँडफाँड सम्बन्धी विवरण आवेदकहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित www.meroshare.cdsc.com.np तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडबाट सञ्चालित www.muktinathcapital.com बाट हेर्न सकिन्छ ।

त्यसैगरी, सम्पूर्ण सिआस्वा सदस्यहरूले बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन पनि कम्पनीले जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको