Like us!
Follow us!
Connect us!
Watch us!

'मन्त्रीहरूको स्वागतमा होइन, सरकारबाट निस्कँदा फूलमाला लगाउने गरी काम गर्छाैं'

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, ०७ : ४२ मा प्रकाशित

'मन्त्रीहरूको स्वागतमा होइन, सरकारबाट निस्कँदा फूलमाला लगाउने गरी काम गर्छाैं'

नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले केन्द्रदेखि प्रदेशमा सार्वजनिक पदधारण गरेका कुनै पनि नेता आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भएमा विलम्ब नगरी कारबाही गर्ने बताएका छन्।

पार्टीको केन्द्रीय सचिवालयद्वारा आयोजित नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका लिङ्देनले घुस प्रकरणमा जोडिएमा ती नेतालाई सामाजिक जीवन र प्रतिष्ठाबाट उठ्न नसक्ने गरी कारबाही गर्ने बताए।

जनताले राप्रपालाई सुशासनका लागि अपेक्षा गरेकाले उनीहरूलाई निरास नबनाउने उनको भनाइ थियो।

'हाम्रा प्रतिबद्धता पूरा गर्न सरकारमा सहभागी हुने कठोर अग्निपरीक्षामा होमिएका हौं। व्यावहारिक रूपमै कुनै पनि भ्रष्टाचार हुन नदिने प्रतिबद्धतालाई कार्यान्वयन गर्न र आफूलाई प्रमाणित गर्न हामी सरकारमा सहभागी भएका हौं। तपाईंहरूको सदाझैं साथ, सहयोग, समर्थन र हौसलाको अपेक्षा राखेका छौं,' उनले भने।

लिङ्देनले आफूहरूकाबारे अहिल्यै मूल्यांकन गर्न र कुनै धारणा बनाउन हतारो हुने पनि बताए।

उनले भने, 'मन्त्रीहरूको स्वागतमा फूलमाला होइन, सरकारबाट निस्कँदा फूलमाला लगाउने गरी परिणाममुखी काम गर्छाैं। हामी आफ्नो जिम्मेवारीमा खरो उत्रन्छौं।'

सरूवा, बढुवा र नियुक्तिको विषय लिएर नआउन अनुरोध गर्दै उपप्रधानमन्त्री लिङ्देनले विकास निर्माणका योजना ल्याउन भन्दै सरूवा, बढुवा र नियुक्तिको विषयका काम गर्न नसकिने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको