Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डद्वारा अङ्गदान गर्ने घोषणा

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, १२ : ५४ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डद्वारा अङ्गदान गर्ने घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरिले अङ्गदान गर्ने घोषणा गरेका छन्  । 

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण  केन्द्रले आयोजना गरेको एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरिले मृत्युपश्चात् आफ्ना सबै अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री दाहाललाई  केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले  डोनर कार्ड हस्तान्तरण गरेका थिए । यस्तै स्वास्थ्यमन्त्री गिरिलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरेका हुन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको