Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शनको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्यो आवेदन

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, १७ : २१ मा प्रकाशित

कालिञ्चोक दर्शनको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्यो आवेदन

कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ ६ गते, शुक्रबार) अन्तिम दिन रहेकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिन शुक्रबार दिउँसाे १:३५ बजेसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियाे भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको