Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको मुनाफामा ४३ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, ०८ : ३१ मा प्रकाशित

कामना सेवा विकास बैंकको मुनाफामा ४३ प्रतिशतको गिरावट, अन्य अवस्था कस्तो ?

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा गिरावट आएको छ ।   

समिक्षा अवधि सम्ममा आइपुग्दा बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४३.०१ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा बैंकले ३४ करोड ३६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने १२.८८  प्रतिशतले बढेर १ अर्ब २ करोड रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ९० करोड ५९ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा भने ४३.०१ प्रतिशतले घटेर २७ करोड ९८ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४९ करोड ९ लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा १९ करोड ८१ लाख रुपैयाँ रहेको छ । 

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २१ रुपैयाँ ८१ पैसाबाट घटेर १२ रूपैयाँ ४७ पैसामा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको