Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तकाे एक लाख ७० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, ११ : २० मा प्रकाशित

आशा लघुवित्तकाे एक लाख ७० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले भाेलि माघ १० गतेदेखि एक लाख ७० हजार ३ सय ७५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ  ।

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ८० रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरूले प्रतिकित्ता ३ सय ८० रुपैयाँलाई आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले माघ २४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

त्यसैगरी,  संस्थाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको