Like us!
Follow us!
Connect us!
Watch us!

२० बैंकको वित्तीय विवरण : ७ बैंकको ईपीएस २० रूपैयाँ माथि, एनआईसी एशिया टपमा हुँदा अरू कसकाे कति ?

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, १२ : ३० मा प्रकाशित

२० बैंकको वित्तीय विवरण : ७ बैंकको ईपीएस २० रूपैयाँ माथि, एनआईसी एशिया टपमा हुँदा अरू कसकाे कति ?

यतिबेला सबै कम्पनीहरूले दाेश्राे त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गर्ने समय रहेकाे छ । 

हालसम्म २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये, ७ वटा बैंककाे नाफा घटेकाे छ । बाँकी १३ वटा बैंककाे नाफा भने बढेकाे छ ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्र स्थानमा रहेकाे छ । बैंककाे नाफा ३ अर्ब ४१ करोड नाघेकाे छ । त्यसपश्चात् धेरै नाफा कमाउने दाेश्राे र तेश्राेमा क्रमस : एनआइसी एशिया बैंक र ग्लाेबल आइएमइ बैंक रहेका छन् । समग्रमा बैंकहरुको नाफा ११.७५% ले बढेर ३० अर्ब २६ करोड रुपैयाँ पुगेको छ । 

यता बैंकहरूकाे प्रतिसेयर आम्दानी (ईपीएस) काे कुरा गर्नुपर्दा ७ वटा बैंकको ईपीएस २० रूपैयाँ माथि रहेकाे छ । ५६ रुपैयाँ ७७ पैसा ईपीएस सहित एनआईसी एशिया बैंक टपमा रहेकाे छ । यता कृषि विकास बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने ऋणात्मक छ । सबैभन्दा धेरै एनआईसी एशिया बैंककाे ईपीएस ५६ रुपैयाँ ७७ पैसा नाघ्दा कृषि विकास बैंककाे ईपीएस ४ रूपैयाँ ४३ पैसाले ऋणात्मक रहेकाे हाे ।

२० रूपैयाँ भन्दामाथि ईपीएस हुने अन्य बैंकहरूमा क्रमश: स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड (३७ रूपैयाँ १९ पैसा), एभरेष्ट बैंक लिमिटेड (२९ रूपैयाँ ६९ पैसा), नबिल बैंक लिमिटेड (२५ रूपैयाँ ३३ पैसा), नेपाल एसबीआई बैंक लिमिटेड (२३ रूपैयाँ ९६ पैसा), एनएमबी बैंक (२० रूपैयाँ ७ पैसा) र सानिमा बैंक (२० रूपैयाँ ६९ पैसा) रहेकाे छ ।

हेर्नुस् कुन बैंककाे कति छ ईपीएस ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको