बैङ्कहरूको गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट सार्वजानिक गरिसके। गत वर्षको तुलनामा बैंकको नाफा सामान्य बढेको देखिए पनि सेयरधनीलाई बाँड्न छुट्टाइने वितरणयोग्य मुनाफा भने अधिकांशको घटेको छ ।
तर यस त्रैमास सम्मको रिपोर्ट हेर्दा वितरणयोग्य नाफा घट्नुको कारण खराब कर्जा बढ्नु पनि हो।
सबै भन्दा धेरै वितरणयोग्य ईपीएस एभरेष्ट बैंककाे देखिन्छ। बैंकको वितरण योग्य ईपीएस ४०.५० रूपैयाँ भने दोस्रोमा एनआईसी एशिया बैंक देखिन्छ। एनआईसी एशिया बैंकको वितरण योग्य ईपीएस ३१.९९ रूपैयाँ रहेको छ। तेस्रोमा २८.९९ रूपैयाँ वितरण योग्य ईपीएस स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ।

वितरण योग्य प्रति सेयर आम्दानीमा भने सबै भन्दा फितलो हिमालयन र कुमारी बैंक रहेका छन्। दुबैको आम्दानी ऋणात्मक रहेको छ।
|
4th Quarter Report
|
|||
|
|
BANK
|
Distributable EPS
|
NPL
|
|
1
|
EBL
|
40.5
|
0.79
|
|
2
|
NICA
|
31.99
|
0.8
|
|
3
|
SCB
|
28.99
|
1.17
|
|
4
|
SANIMA
|
17.73
|
1.3
|
|
5
|
NABIL
|
14.64
|
1.23
|
|
6
|
SBL
|
5.65
|
2.01
|
|
7
|
MBL
|
15.29
|
2.12
|
|
8
|
SBI
|
13.93
|
2.43
|
|
9
|
ADBL
|
14.92
|
2.48
|
|
10
|
NMB
|
8.18
|
2.72
|
|
11
|
NBL
|
6.62
|
2.85
|
|
12
|
GBIME
|
8.27
|
3.08
|
|
13
|
CZBIL
|
7.3
|
3.19
|
|
14
|
PRVU
|
0.69
|
4.16
|
|
15
|
PCBL
|
1.06
|
4.23
|
|
16
|
NIMB
|
0.46
|
4.35
|
|
17
|
HBL
|
-3.29
|
4.57
|
|
18
|
KBL
|
-3.23
|
4.77
|
रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२०% ले बढेको देखिन्छ।
सबैभन्दा धेरै एनपीएल कुमारी बैंकको रहेको छ । कुमारीको एनपीएल अहिले बढेर ४.७७% पुगेको हो । यो ३२९% को वृद्धि हो ।कुमारी र एनसीसी बैंक मर्ज भएर कुमारी बैंक भएको हो । प्रोभिजन बापतको रकम पनि धेरै बढेको छ । बढ्नाले वितरणयोग्य नाफा पनि ऋणात्मक नै देखिएको छ । दोस्रोमा हिमालयन बैंकको एनपीएल धेरै छ । बैंकको एनपीएल ४.५७% पुगेको छ । तेस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, बैंकको खराब कर्जा दर १.४९% बाट बढेर ४.३५% पुगेको छ ।

बैंक मध्यमा सबै भन्दा कम एनपीएल एभरेष्ट बैंककाे देखिन्छ। बैंकको एनपीएल ०.७९ % रहेको छ भने दोस्रोमा एनआईसी एशिया बैंक देखिन्छ। एनआईसी एशिया बैंकको एनपीएल ०.८० % रहेको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस