Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रको अर्निङ पर सेयर एभरेज केबल १४.२६ रुपैयाँ

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, ०९ : ११ मा प्रकाशित

बैंकिङ क्षेत्रको अर्निङ पर सेयर एभरेज केबल १४.२६ रुपैयाँ

चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणहरु वाणिज्य बैंकहरुले सार्वजनिक गरेका गरिसकेका छन्। हाल नेपालमा वाणिज्य बैंकको संख्या २० छन् र यी बैंकहरुको सार्वजनिक गरेका विवरण अनुसार बैंकिङ क्षेत्रको प्रति सेयर आम्दानी औसत केबल १४.२६ रुपैयाँ देखिएको छ। 

के हो प्रति सेयर आम्दानी ?
प्रति सेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) कम्पनीको नाफा मूल्यांकन गर्ने सूचक मानिन्छ। कम्पनीको करपछिको नाफा अर्थात खुद नाफालाई सेयर संख्याले भाग गर्दा आउने नतिजालाई प्रति सेयर आम्दानी हो । लगानीकर्तालाई दिने प्रतिफल को आधार प्रतिसेयर आम्दानी पनि हो । प्रति सेयर आम्दानी धेरै भए कम्पनीको बजार मूल्यलाई सकारात्मक प्रभाव पर्न सक्छ भने प्रति सेयर आम्दानी कम भए त्यसको नकारात्मक प्रभाव पर्ने सक्छ। 

प्रथम त्रैमासमा बैंकहरुको विवरण 

पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको अरु १९ वाणिज्य बैंकको तुलनामा सबैभन्दा धेरै प्रति सेयर आम्दानी देखिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रति सेयर आम्दानी ३४ रुपैयाँ ४१ पैसा रहेको छ।  तेस्तै एभरेष्ट बैंकको २९ रुपैयाँ १९ पैसार एनआईसी एशिया बैंकको २७ रुपैयाँ ०९ पैसा रहेको छ। 

२० रुपैयाँ भन्दा माथि प्रति सेयर आम्दानी राख्न अरु  चार बैंक सफल भएका छन्म।  ती बैंक हुन् प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनएमबि बैंक रहेका छन्।  प्राइम कमर्शियल बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँमा ७४ पैसा , राष्ट्रिय वाणिज्य बैंकको २१ रुपैयाँ ९९ पैसा, नबिल बैंकको २१ रुपैयाँ ७२  पैसा र एनएमबि बैंकको  २० रुपैयाँ ९८  पैसा रहेको छ। 



तेस्तै हिमालयन बैंकको पहिलो त्रैमासमा प्रति सेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा रहेको छ। नेपाल एसबिआई बैंकको  सेयर आम्दानी १८ रुपैयाँ ९४ पैसा रहेको छ। तेस्तै माछापुच्छ्रे बैंक लिमिटेडको प्रति सेयर आम्दानी १८ रुपैयाँ ६६ पैसा रहेको छ। 

यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १७.४ रुपैयाँ, प्रभु बैंकको १७.५८ रुपैयाँ, सानिमा बैंकको १५.५० रुपैयाँ, ग्लोबल आइएमई बैंकको १३.७१ रुपैयाँ ,सिटिजन्स बैंकको ११.३४ रुपैयाँ प्रति सेयर आम्दानी रहेको छ।

बैंकहरूको खराब कर्जा बढ्दा नै नाफा घट्न गएको छ । बैंकहरूले खराब कर्जाबापत छुट्टै रकम प्रोभिजनिङ गर्नुपर्छ, जुन रकम नाफा–नोक्सान खाताबाट छुट्याउनुपर्छ । जसको असर प्रति सेयर आम्दानीमा नि देखिएको छ। यहि कारणले चार बैंकको १० रुपैंया भन्दा कम प्रति सेयर आम्दानी देखिएको छ। कुमारी बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकको फितलो प्रति सेयर आम्दानी देखिएको छ। 

यस त्रैमासको अवधिमा सरकारी स्वामित्व भएको कृषि विकास बैंक भने घाटामै गएको छ । बैंकको ८८ करोड ८० लाख ७१ हजार रुपैयाँ घाटा देखिन्छ। खराब कर्जाका कारण प्रति सेयर आम्दानी ३६ रुपैयाँ १० पैसा ऋणात्मक रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको