Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी तालिम दिँदै ललितपुर महानगरपालिका

अर्थ संसार

सोमबार, ०९ माघ २०७९, १३ : ३० मा प्रकाशित

सेयर बजार र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी तालिम दिँदै ललितपुर महानगरपालिका

पछिल्लो समय पूँजी बजारप्रति आम सर्वसाधारणको चासो बढ्दो छ । आम व्यक्तिहरू सेयर बजारप्रति आकर्षित भईरहेका अहिलेको अवस्थामा लगानीकर्तालाई अनेकौँ सचेतनामुलक  र ज्ञानवर्द्धक कार्यक्रमहरू पनि आयोजना भईरहेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले पनि सेयर बजार र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने भएकाे छ ।

महानगरपालिकाे वडा नं १२ ले एक विज्ञप्ति निकाली आर्थिक समृद्धिको लागि उपयुक्त सावित भईरहेको सेयर बजार र सो क्षेत्रमा लगानी गर्न ध्यान दिनुपर्ने पक्ष, अवस्था र तरिकाबारे उक्त वडाका युवावर्गहरुलाई लक्षित गरी सेयर सम्बन्धी अभिमुखिकरण कार्यक्रम तय भएको जानकारी गराउँदै सोको लागि प्रत्येक टोलबाट ५ जना सहभागी पठाईदिन अनुरोध गरेकाे छ । 

उक्त कार्यक्रम यही माघ १४ गते ज्यापु प्रज्ञाभवन, भोलगणेश - ९, यलमा बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ ।

कार्यक्रमकाे २ वटा विषय छ :

(१) सेयर बजारमा लगानी गर्दा ध्यान दिनु पर्ने पक्ष, अवस्था र तरिकाबारे विस्तृत जानकारी दिने ।

(२) पोर्टफोलियो व्यवस्थापन |

विज्ञप्ति हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको