Like us!
Follow us!
Connect us!
Watch us!

डिजी पे र द नेपाल टपबीच सम्झाैता, ७०% सम्म छुट

अर्थ संसार

बुधबार, ११ माघ २०७९, १३ : ५० मा प्रकाशित

डिजी पे र द नेपाल टपबीच सम्झाैता, ७०% सम्म छुट

डिजी पे र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ ।

डिजी पेमा आवद्ध व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा विज्ञापन र वार्षिक ग्राहक हुन पाउनेछन् । डिजी पे प्रा. लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बबर महलस्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा द नेपाल टप का बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा द नेपाल टप, नेपाली राष्ट्रिय दैनिक र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।

यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आवद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले द नेपाल टप को सौजन्य झन्डै रु ५०,००० पर्ने ६० सी सी रंगिन विज्ञापन मात्र रु १५,००० मा, रु १,५०० पर्ने बार्षिक ग्राहक मात्र रु १,००० मा र वर्गीकृत तथा अन्य विज्ञापनमा ७०% सम्म छुट पाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको