Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरले ३ महिनामा हटायो ९ हजार होर्डिङ बोर्ड

अर्थ संसार

विहीबार, १२ माघ २०७९, १६ : ११ मा प्रकाशित

काठमाडौं महानगरले ३ महिनामा हटायो ९ हजार होर्डिङ बोर्ड

काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड (परिचय पार्टी) हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ ।

विशेषगरी नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारी जानकारी दिए । उनका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरूप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो । 

महानगरले आर्थिक ऐन २०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक पाँच सय रुपियाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, १५ वर्ग फुटसम्मका लागि एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट एक हजार रुपियाँ शुल्क निर्धारण गरेको छ ।

महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असुल उपर हुने रकम व्यवसाय करअन्तर्गत पर्दछ ।

चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा ५५ करोड रुपियाँ लक्ष्य लिएकोमा पुससम्म ३१ करोड ४२ लाख रुपियाँ असुल उपर गरेको डा. अधिकारीको भनाइ छ । 

लामो समयदेखि असुल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रूपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम पनि असुल हुन थालेको बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको