Like us!
Follow us!
Connect us!
Watch us!

१० आर्थिक समाचार एकै पटक (भिडियो)

अर्थ संसार

शनिबार, १४ माघ २०७९, २० : ०४ मा प्रकाशित

१.  माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकाे छ । कम्पनीले सर्वसाधारणका लागि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गरेकाे हाे । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा माघ १७ गतेदेखि ढीलाेमा माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

२. बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि र फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ९ हजार ७०० कित्ता र सर्वसाधारणहरुलाई  ८० हजार ९ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी, सर्वसाधारणले फागुन १८ गतेदेखि २३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

३. गत वर्ष २० प्रतिशत लाभांश दिएकाे गणपति लघुवित्तका सेयरधनीकाे यस वर्ष हात खाली हुने भएकाे छ । संस्थाकाे हिजाे (माघ १२ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने घाेषणा गरेकाे हाे । 

४. सनराइज क्यापिटल लिमिटेडले माघ १० गतेदेखि निष्कासन गरेकाे 'सनराइज फोकस्ड इक्विटी फण्ड' मा आवेदन दिने म्याद थपिएकाे छ ।क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो ।लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् । 

५. सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ २६ गते गतेसम्म ढीलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

६. कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपैयाँ बनाउन सुझाव दिइएकाे छ । दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलव सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु-याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको हाे । 

७. मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ निष्कासन गर्न माघ ११ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

८.  नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ ।  राष्ट्र बैंकले 'नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७' लाई खारेज गरी  'नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९' जारी गरेको हो । नयाँ विनियमावलीअनुसार नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड रुपैयाँ निर्धारण गरेको छ । विप्रेषण सेवा प्रदान गर्दै आएका कम्पनीलाई न्यूनतम चुक्ता पुँजी पुर्याउन २०८५ असार मसान्तसम्मको समयावधि दिएको छ ।

९.  महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा साधारण सभाबाट पारित गरिएकाे ६.४७ प्रतिशत नगद लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ । बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

१०.   शुक्रबार सुनकाे भाउ तोलामा ११ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ भने स्थिर रही प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको छ । 

(यहाँ क्लिक गर्नुहोस )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको