Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र NLBBL को २३ प्रतिशत लाभांश पाउने

अर्थ संसार

सोमबार, १६ माघ २०७९, ०६ : ३० मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र NLBBL को २३ प्रतिशत लाभांश पाउने

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको २३.१५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ भोलि माघ १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले आज माघ १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न संस्थाको १६ औँ बार्षिक साधारणसभा माघ २८ गते उद्योग संगठन मोरङको सभाहल, बिराटनगरमा ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५ प्रतिशत नगद लाभांश गरी कुल २३.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको