Like us!
Follow us!
Connect us!
Watch us!

नेत्रज्योति संघद्धारा नेपालगञ्जमा २ हजार ८६८ विद्यार्थीको निःशुल्क आँखा जाँच

अर्थ संसार

सोमबार, १६ माघ २०७९, १३ : ४६ मा प्रकाशित

नेत्रज्योति संघद्धारा नेपालगञ्जमा २ हजार ८६८ विद्यार्थीको निःशुल्क आँखा जाँच

नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ विद्यालयका दुई हजार ८६८ जना विद्यार्थीहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त निःशुल्क विद्यालय आँखा जाँच शिविर कार्यक्रम नेपालगंज महानगरपालिकाका ४ वटा सामुदायिक विद्यालयमा सम्पन्न गरिएको हो ।

फुलटेक्रा माध्यामिक विद्यालयका ४०० जना, महेन्द्र माध्यामिक विद्यालयका ४०४ जना, युद्ध संस्कृत माध्यामिक विद्यालयका २१४ जना र धम्बोझी माध्यामिक विद्यालयका १ हजार ८५० जना विद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको अस्पतालका बाह्य कार्यक्रम प्रमुख उमर सादिकले जानकारी दिए ।

आँखा जाँच गरिएका विद्यार्थिहरु मध्यमा दृष्टिदोषको समस्या देखिएका ७१ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको सादिकले बताए ।

विद्यालय बढ्ने विद्यार्थीहरुलाई आँखाको समस्याका कारण कुनै कठिनाई नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको विद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थिहरुलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी नि:शुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको