Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्याे लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद निष्कासन प्रकृया

अर्थ संसार

सोमबार, १६ माघ २०७९, १३ : ५५ मा प्रकाशित

अघि बढ्याे लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद निष्कासन प्रकृया

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको हकप्रद निष्कासन प्रकृया अघि बढेकाे छ । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीले १ः०.८८४५१६८ को अनुपातमा प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २ अर्ब ३४ कराेड ६८ लाख रूपैयाँ बराबरकाे २ कराेड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गर्न नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच  नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको