Like us!
Follow us!
Connect us!
Watch us!

बोर्ड अध्यक्ष हमालका बिषयमा सत्यतथ्य छानबिन गर्न सेयरधनी संघको माग

अर्थ संसार

विहीबार, १९ माघ २०७९, ०६ : ३६ मा प्रकाशित

बोर्ड अध्यक्ष हमालका बिषयमा सत्यतथ्य छानबिन गर्न सेयरधनी संघको माग

नेपाल सेयरधनी संघले धितोपत्र बोर्डका अध्यक्ष हमालका बारेमा बिभिन्न सञ्चार माध्यामहरुमा आएको समाचारका बिषयमा सत्यतथ्य छानबिनको माग गरेको छ । बुधबार एक बिज्ञप्ती जारी गर्दै संघले यस्तो माग गरेको हो ।

नेपालको पूँजी बजारको सर्वोच्च नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालका बारेमा विभिन्न सञ्चारमाध्यमहरु मार्फत प्रवाह भएका समाचारप्रति हाम्रो गम्भीर चासो र सरोकार रहेको भन्दै संघले यस्ता समाचारहरुले पूँजी बजारको स्वच्छता र लगानीकर्ताहरूको मनोबलमा गम्भीर नकारात्मक असर समेत पर्ने जनाएको छ ।

'उल्लेखित समाचारहरुमा अध्यक्ष हमाल प्रति लगाइएका आरोपहरुप्रति नेपाल धितोपत्र बोर्ड अध्यक्ष हमाल र अर्थमन्त्रालयले आफ्नो धारणा स्पष्ट पार्न र सत्यतथ्य सार्वजनिक गर्न जोडदार माग गर्दछौं। यदि सम्मानित बोर्ड र त्यसका अध्यक्ष विरुद्द आधारहीन कपोकल्पित भ्रामक तथ्यहीन कथा बुनेर पूँजीबजार जस्तो संवेदनशील क्षेत्रका बारेमा जथाभावी लेख्ने र सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने कार्य गरिएको हो भने सम्बन्धित समाचार माध्यमहरुलाई जिम्मेवार र जवाफदेही बनाउने कार्य गर्न पनि माग गर्दछौं' बिज्ञप्तीमा भनिएको छ ।

संघले जारी गरेको विज्ञप्तीः

63db096f5bb71.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको