Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकासकाे वित्तीय चिरफार : नाफा घट्दा ईपीएसमा समेत भारी गिरावट

अर्थ संसार

आइतबार, २२ माघ २०७९, १३ : १७ मा प्रकाशित

जीवन विकासकाे वित्तीय चिरफार : नाफा घट्दा ईपीएसमा समेत भारी गिरावट

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद नाफा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँमा सिमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ३७.२५ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ४२ करोड १९ लाख ५१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

व्याज आम्दानी

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ४.८७ प्रतिशतले घटेर ७९ करोड ४५ लाख १० हजार रूपैयाँमा सिमित भएकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ८३ करोड ५२ लाख २५ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ३७.२५ प्रतिशतले घटेर ३७ करोड ८२ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष संस्थाले ६० कराेड २७ लाख ८७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

चुक्ता पुँजी

संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ रहेकाे छ

जगेडा कोष

जगेडा कोषमा ८५ करोड २८ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिसेयर आम्दानी

संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ५१ रुपैयाँ २० पैसा रहेकाे छ ।

प्रतिसेयर नेटवर्थ

संस्थाकाे प्रतिसेयर नेटवर्थ २ सय ९४ रुपैयाँ ६९ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको