Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले गर्याे विभिन्न संस्थालाई सहयोग

अर्थ संसार

सोमबार, २३ माघ २०७९, १४ : ५३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले गर्याे विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन्। 

बैंकको भाटभटेनी शाखाले खुला आकाशमुनि कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपांग, अशक्त, असहाय र मनोरोगीहरुलाई सेवा गर्ने विशुद्घ परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधी, देनिक खानाका लागि अत्यावश्यक सामग्रीका साथै विविध सरसफाइका सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। 

सहाराविहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो।

यसैगरी बैंकको राजापुर शाखाले राजापुर नगरपालिका वडा नं ४ स्थित अमर सहिद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ। क्याम्पसमा हाल ८०० विद्यार्थी अध्ययनरत रहेका र बर्सेनि विद्यार्थीको संख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीका फिल्टर प्रदान गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको