Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सुधारतर्फ लम्कँदै :  देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

अर्थ संसार

सोमबार, २३ माघ २०७९, १५ : ५८ मा प्रकाशित

अर्थतन्त्र सुधारतर्फ लम्कँदै :  देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ५ महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे रिपाेर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएकाे छ ।

राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ । आयात २०.७ प्रतिशतले घट्दा निर्यात पनि ३२.६ प्रतिशतले घटेकाे छ । यस्तै, पछिल्लाे ६ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ ।  नेपाल भित्रिने रेमिट्यान्स पनि २४.३ प्रतिशतले बढेकाे छ । यता शोधनान्तर स्थिति पनि ९७ अर्ब १० करोडले बचतमा रहेको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

प्रमुख झलक हेर्नुहाेस् :

- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ७.२६ प्रतिशत रहेको छ ।

- आयात २०.७ प्रतिशतले, निर्यात ३२.० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले घटेको छ ।

- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.३ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ ।

- शोधनान्तर स्थिति रु.९७ अर्ब १० करोडले बचतमा रहेको छ ।

- कुल विदेशी विनिमय सञ्चिति रु.१३३७ अर्ब २९ करोड र अमेरिकी डलरमा १० अर्ब ३० करोड रहेको छ ।

- संघीय सरकारको खर्च रु.५७६ अर्ब ३५ करोड र राजस्व परिचालन रु. ४५८ अर्ब ९९ करोड रहेको छ ।

- विस्तृत मुद्राप्रदाय ३.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७७ प्रतिशतले बढेको छ ।

- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.२ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.० प्रतिशत रहेको छ ।

63e0d344c0613.JPG

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको