Like us!
Follow us!
Connect us!
Watch us!

महँगी र चर्को व्याजदरविरुद्ध विप्लवको पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १६ : १८ मा प्रकाशित

महँगी र चर्को व्याजदरविरुद्ध विप्लवको पार्टीले देशव्यापी विरोध प्रदर्शन गर्ने

महँगी र चर्को व्याजदरविरुद्ध नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।

जनताको सुख दुःखमा पार्टी पुग्ने बताउँदै उनले भने, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको