Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ : विप्लव

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १५ : ३७ मा प्रकाशित

नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा गइरहेको बताएका छन् । काठमाडौंको जमलस्थित् नाँचघरमा आज पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा ६३ सालपछि गणतन्त्र र संघियता यावत कुराहरु गरिएको तर मुलुक एकपछि अर्को वर्ष ठूलाठूला राजनीतिक, आर्थिक अस्थिरता र संकटतिर धकेलिँदै गएको बताए । 

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सबै पार्टीका नेताहरुले आर्थिक संकट गहिरिँदै गएको व्याख्या गरिराख्नु भएको छ । र, एउटा पार्टीले अर्को पार्टीलाई, एउटा सरकारले अर्को सरकारलाई आरोप लगाए पनि सारमा यो केहो भन्दा नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेहरुको हातमा जाँदैछ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको