Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा भारि गिरावट

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १५ : २३ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा भारि गिरावट

बुधबार घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज बिहिबार बढेको छ । आज नेप्से परिसुचक १२ दशमलब ४३ अंकले बढेर दुई हजार एक सय ८२ दशमलब ६१ बिन्दुमा पुगेको हो । 

आज नेप्सेमा दुई अर्ब भन्दा बढीको कारोबार भएको छ । बजार सकारात्मक रहेतापनि आज नेप्से २२ सय बिन्दूमा पुग्न सकेन् ।

दिनभर अस्थिर रहेको बजार अन्तिममा भने सकारात्मक भएर बन्द भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमाथि समीक्षा सार्वजनिक गर्ने भएकाले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहँदा कारोबारमा कमी देखिएको हो । 

१ बजेतिर नेप्से २१५३ अंकसम्म झरेकोमा त्यसपछि सम्हालियो । कुल १५२ कम्पनीको मूल्य बढ्दा ५८ को घट्यो भने ६ को स्थिर रहृयो ।

बैंकिङ ४, विकास बैंक ५६, फाइनान्स १७, होटल तथा पर्यटन १९, जलविद्युत् २७, जीवन बीमा ९०, उत्पादन ३४, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ५१, अन्य १४ र ब्यापार उपसमूह ६ अंक बढे । बाराही हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । विजय लघुवित्त, जोशी हाइड्रो, न्यादी हाइड्रो, इस्टर्न हाइड्रो र प्राइम लाइफको मूल्य ५ देखि ५.९ प्रतिशतसम्म बढ्यो । गुरास लघुवित्तको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा अपी पावर, नबिल बैंक, ङादी ग्रुप, स्टान्डर्ड चार्टड र रिडी पावर क्रमशः अगाडि रहे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको