Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने कम्पनी

अर्थ संसार

विहीबार, २६ माघ २०७९, १५ : ४० मा प्रकाशित

यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने कम्पनी

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन बुधबार झिनो अंकले घटेको नेप्से परिसूचक आज १२.४३ अंकले बढेर २१८२ को विन्दुमा कायम भएको छ ।

आज शेयरबजार बढेपनि कारोबार रकम भने घट्न पुगेको छ । आज शेयरबजारमा २ अर्ब ६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक अपि पावर कम्पनीको ५ करोड ८६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ५ करोड ७३ लाख, ङादी ग्रुप पावरको ५ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ४ करोड ८६ लाख र रिडी पावरको ४ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको